प्रकृति सबैको साझा घर हो । तर, मानिसले भने प्रकृति आफ्नो मात्रै भएको घमण्ड गर्दै भोगचलन गर्दै आइरहेको छ । उसले आफू र आफ्ना भावी पुस्ताको समेत ख्याल नै नगरी प्रकृतिमाथि निर्ममताका साथ प्रहार गरिरहेको छ । खुला स्थानमा त मानिसले प्रकृतिको दोहन गरिनै रहेको छ । अब हुँदा हुँदै सरकारी सम्पत्तिमाथि दोहन गर्नका लागि चोरी समेत गरेको घटना सार्वजनिक भएको छ । अझै जनप्रतिनिधिहरुकै मिलेमतोमा माटोको दोहन भएको घटना सार्वजनिक भएको छ । यो बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रकै घटना हो । आफ्नो स्वार्थका लागि माटोको दोहन गर्नु पनि त अपराध हो नि । जनप्रतिनिधिले कम्तिमा पनि आफ्नो पदको ख्याल त गर्न पर्ने थियो तर  गरेनन् किनभने यसमा पनि उनीहरुको ठूलो स्वार्थ छ । यसरी प्रकृतिमाथि अनि राज्यको सम्पत्तिमाथि दोहन गर्ने जो कोही भएपनि कारवाही हुनु पर्दछ । फेरि माटोको बिक्री पनि राजश्व छली गरेर गरेको घटनाले एक पटक ती जनप्रतिनिधिहरुको नियत र भूमिकामा समेत प्रश्न उठ्ने ठाउँ रहने नै छ । त्यसैले पनि स्थानीय सरकार खासगरी जीतपुरसिमरा उपमहानगरपालिकाले यो विषयमा आम नागरिकहरुलाई स्पष्ट पार्न जरुरी छ । क्सका कारणले र कसरी राजश्व छलीको कार्य भयो यसको छिनोफानो हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here