दुई दिनअघि मधेश प्रदेशका जनप्रतिनिधिहरुलाई मधेस प्रदेश सरकारले महोत्तरीको बर्दीवासमा एक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मधेश प्रदेशका जिल्लाका हालै जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यही कार्यक्रममा एकजना संचारकर्मी पुगेर लगभग सबैजसो जनप्रतिनिधिलाई खुसुखुसु एउटै प्रश्न गरेका छन् । उनले प्रायः सबै जनप्रतिनिधिहरुलाई नेपालको राष्ट्रिय गान गाउन लगाएका थिए ।

यो लहरमा प्रायः बाराकै जनप्रतिनिधि बढी छन् । बाराका कुनै पनि जनप्रतिनिधिले राष्ट्रिय गान सकेका थिएनन । कतिपयले त राष्ट्रिय गान भनेको थाहा नै पाएका छैनन् । संचारकर्मीले राष्ट्रिय गान गाउन आग्रह गर्दा खासगरी महिला जनप्रतिनिधिहरु भने ट्वाँल्ल परेका थिए । कम्तीमा अधिकारको कुरा गर्ने महिलाहरुले कर्तब्य निर्वाहमा कति जागरुक छन् भन्ने कुरा त्यो भिडियो हेरेपछि स्पष्ट हुन्छ ।

सवाल राष्ट्रिय गान किन गाउन लगाइयो भन्ने होइन । संचारकर्मीले राष्ट्रको गीतको बिषयमा जनप्रतिनिधिसंग चासो राख्नु गलत होइन । कम्तिमा जनताको प्रतिनिधि भएर मात्र पनि होइन हरेक नागरिकहरुले आफ्नो देशको बिषयमा बुझ्न आवश्यक छ । राष्ट्रिय गान, जनावर लगायत राष्ट्रिय पहिचानसंग जोडिएको र राष्टले सूचिकृत गरेको कुराको विषयमा ज्ञान र जानकारी राख्न आवश्यक छ नत्र ममा राष्ट्रियता छ भनेर ढ्वांङ्ग मात्रै फुकेर मात्रै पुग्दैन ।

Leave a Reply