काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।बुधवार भएको खेलामा आर्मीले दिएको २ सय १८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर १२ बलअघि भेटायो । मधेशका कप्तान अनिल शाहले ४५, रुपेश सिंहले ३८ रन बनाए । आर्मीका नरेन साउदले ३ विकेट लिए ।यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो । आर्मीका भीम सार्कीले ८९ रन बनाए । मधेशका रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले २-२ विकेट लिए । प्रतियोगितामा आर्मीको यो ६ खेलमा पहिलो हार हो भने मधेशको ५ खेलमा दोस्रो जीत हो ।

Leave a Reply