वीरगञ्ज,वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर एवम सञ्चालक सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमवार दिउँसो पक्राउ गरेको हो । मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेका गुनासो आएपछि प्रहरीले अनुसन्धान गरेको थियो । सो क्रममा म्याद गुज्रिएका सामाग्री समेत बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रमुख एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।
















