मधेस प्रदेशका आठ वटा जिल्लामा नौ हजार ६ सय ९२ हेक्टर वन अतिक्रमणमा परेको छ ।मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयको तथ्याङ्क अनुसार सन् २००२ अघिसम्म पाँच हजार पाँच सय ३६ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकोमा त्यसपछिका वर्षहरूमा अतिक्रमण झन्डै दोब्बरले बढेको हो ।

मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ । सबैभन्दा कम सप्तरीमा १२ दशमलव ६४ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक भएको छ ।
केही भाग सार्वजनिक विद्यालय, मठमन्दिर, प्रहरी÷सेनाका ब्यारेक, सडक, मन्दिर लगायत भौतिक पूर्वाधार निर्माणका कारण अतिक्रमणमा परेको छ भने धेरै स्थानमा व्यक्तिले घरटहरा लगायतका संरचना बनाएर र खेती गरेर वन अतिक्रमण गरेका हुन ।

यसरी यो वा त्यो कारणले वन मास्दै जाने हो भने भावि पुस्ताको अवस्था के होला ? यसरी अन्धाधुन्द वन अतिक्रमण गरिनु गलतमात्रै होइन । यो अपराधिक कार्य पनि हो । तर सरकारले वन अतिक्रमण नियन्त्रण र फिर्ता ल्याउने बारेमा खासै चासो देखाउन सकेको छैन ।मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा धेरै सर्लाहीमा अतिक्रमण भएको पनि पाइएको छ र त्यहाँ तीन हजार २३ दशमलव १४ हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

त्यस्तै रौतहटमा एक हजार ७१० दशमलव ९२ हेक्टर अतिक्रमणमा परेको छ । धनुषामा एक हजार ६५८ दशमलव ६४ हेक्टर क्षेत्रफल, बारामा एक हजार २०३ दशमलव ०२ हेक्टर, सिरहामा ९७६ दशमलव ३४ हेक्टर, महोत्तरीमा ६३९ दशमलव ७१ हेक्टर, पर्सामा ४६८ दशमलव १४ हेक्टर, सबैभन्दा कम भने सप्तरीमा १२ दशमलव ६४ हेक्टर अतिक्रमणमा परेको छ ।यसरी हेर्दा मधेशमा भएका जंगलहरु बिस्तारै मासिदै छन्, यसको संरक्षणका लागि बेलैमा नीति बनाउन आवश्यक छ ।

Leave a Reply