कृष्णउदास खनाल
बागमती,मकवानपुरको बागागमती गाउँपालिकामा पालिकास्तरीय अस्पतालको बुधवार शिलान्यास गरिएको छ ।
बागमती गाउँपालिकाको वडा नम्बर ५ कोइराला दमारमा १५ शैयाको अस्पताल भवनको बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामीले शिलान्यास गर्नुभएको हो ।अस्पतालको शिलान्यास गर्दै सांसद पुलामीले तोकिएको समयमा अस्पताल निर्माण हुनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । १७ करोड ८८ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेको उक्त अस्पतालको निर्माणको जिम्मा सिवालय विल्डर्श प्रा.लि. काभ्रेले पाएको छ ।अस्पताल २०८२ साल जेठ २३ गतेसम्म सम्पन्न गर्ने गरी संझौता भएको छ । अस्पतालको निर्माण भएपछि भने बागमती गाउँपालिका तथा यस आसपासका स्थानीयहरुले सहज रुपमा स्वास्थ्य सुविधा लिनसक्ने आफूले बिश्वास लिएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताउनुभयो ।बागमती गाउँपालिकाका अध्यक्ष घलानकै सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नम्बर २ का वडा अध्यक्ष जनक पहरी, वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी (किरण), सोही वडाका निवर्तमान अध्यक्ष रहर सिं थिङ, वडा नम्बर ५ का अध्यक्ष बिजयकुमार भोलन, वडा नम्बर ७ का अध्यक्ष उत्तरबहादुर भोलन, खेलकुद महासंघ मकवानपुरका उपाध्यक्ष तथा नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष अरुण बल, मनोज बल लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply