सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर७ का वडा अध्यक्ष सुनिल गुप्तालाई अन्यायपूर्वक प्रहरी हिरासतमा राख्ने काम भइरहेको भन्दै नेकपा (एमाले) नगर कमिटीले तत्काल रिहा गर्न माग गरेको छ ।नगर कमिटीले बिहीवार प्रेस वक्तव्य जारी गर्दै वडा अध्यक्ष गुप्तालाई झुठो मुद्दा लगाएर चार दिनदेखि अनावश्यक र अन्यायपूर्वक रुपमा थुन्ने काम भइरहेको भन्दै तत्काल रिहा गर्न एमाले नगर कमिटीले माग गरेको हो । केही राजनीतिक दलका नेताको पूर्वाग्रहका कारण गुप्तामाथि डाँका, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव जस्ता झुठो मुद्दामा फसाउन खोजिएको एमाले नगर कमिटीका सचिव रत्नप्रसाद उप्रेतरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जीतपुरमा फागुन १ गते होलीको दिन भएको झगडामा वडा अध्यक्ष गुप्ताको कुनै संलग्नता नरहेको र जनप्रतिनिधिका हिसाबले झगडा साम्य पार्न पुगेको अवस्थामा झुटो मुद्दा लगाएर फसाउन खोजिएको एमालेको भनाई छ ।जनप्रतिनिधिका रुपमा झगडा साम्य बनाउन पुगेका गुप्तालाई सोही विषयमा छलफल गर्नभन्दै बोलाएर थुनिएको घटनाप्रति दुःख व्यक्त गर्दै एमाले नगर कमिटीले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न पनि माग गरेको छ ।

Leave a Reply