हेटौंडा – हेटौंडाको आइसोलेसनबाट हाल सम्म ७३ जनाको स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ । पीसीआर विधिबाट कोरोना भाइरसक (कोभिड १९) भए नभएको जाँच गर्नका लागि हेटौैडाबाट मात्र ७३ जनाको स्वाब संकलन गरिएको हो ।
७३ जना मध्यमा ७२ जनाको रिपोर्ट नेगेटिभ आएको हेटौंडाको कर्रामा रहेको आइसोलेसन इन्चार्ज तथा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिानुभयो । आइसोलेजनमा आएका ४८ जनालाई भर्नानै गरेर राखिएको र बाँकीको स्वाब मात्र संकलन गरेर पठाइएको उहाँले वताउनुभयो । मंगलबार विहान सम्म भने आइसोलेनमा कैलाश गाउँपालिकाका एक जना राखिएको छ । उहाँको स्वाबको रिपोर्ट पाप्त हुन बाँकी रहेको छ ।