निजगढ,निजगढको गौरीशंकर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापती पदमा अनेरास्ववियुका बालकृष्ण हुमागाई विजयी हुनुुभएको छ ।नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट सभापती पदका उम्मेदवार हुमागाईले निकटतम प्रतिव्दन्दी नेविसंघका दावा लामा बोम्जनलाई ३ मतले पछि पार्दै जित हात पार्नुभएको हो । हुमागाईले १३५ र बोम्जनले १३२ मत प्राप्त गर्नुभएको थियो । अखिल क्रान्तिकारीका सभापती उम्मेदवार उज्जल प्रसाईले भने ५९ मत मात्र पाउनुभएको छ ।

सचिव पदमा नेविसंघकी प्रवना लामा विजयी हुनुभएको छ । लामाले १२४ मत प्राप्त गर्दा निकटम प्रतिस्पर्धी अनेरास्ववियुकी पे्रक्षा उप्रेतीले ११७ मत प्राप्त गर्नुभयो । क्रान्तिकारीबाट सचिव पदका उम्मेदवार विशाल तिमल्सिनाले ८१ मत पाउनुभएको छ ।

त्यसैगरी कोषाध्यक्षमा पनि नेविसंघकै कुवर विजयी हुनुभएको छ । कुवरले १३७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी ललिता सापकोटाले ११७ मत प्राप्त गर्नुभयो । क्रान्तिकारीबाट कोषाध्यक्ष उम्मेदवार स्मृति उप्रेतीले भने ७० मत प्राप्त गर्नुभएको थियो । ५ जना सदस्यमा पनि नेविसंघकै उम्मेदवारहहरु विजयी भएका छन ।बुधवार दिउसोबाट शुरु भएको गणनाको अन्तिम मत परिणाम राति ९.३० मा सार्वजनिक भएको थियो । समानुपातिकतर्फ नेविसंघले नै सबैभन्दा बढी मत पाएको छ । उसले १३५ मत प्रप्त गर्दा अनेरास्ववियुले ११७ र अखिल क्रान्तिकारीले ७७ मत पाएको छ । कुल ३६८ जना मतदाता विद्यार्थी मध्ये ३३३ जनाले मतदान गरेका थिए ।बारा जिल्लाका ७ सामुदायिक क्याम्पसहरु मध्ये निजगढको गौरीशंकरमा मात्रै पहिलो पटक स्ववियु निर्वाचन भएको हो ।

Leave a Reply