पोखरिया,पर्साको पकाहमैनपुर गाउँपालिकामा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सचेत युवा समाज पकाहमैनपुर र नेपाल हेल्थ सेवाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ४ जना महिलासहित १ सय जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो । सचेत युवा समाज पकाहमैनपुरका अध्यक्ष अनिल साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुभमकुमार पाण्डे, सिता जैसवाल, जाकिर हुसैन, विक्कि दास, मकबुल आलम, सन्दिप सहनी, सरीता मण्डल, सुनिता देवी कुश्वाहा, सविता देवी वर्णवाल लगायतले रक्तदान गरेको पाण्डेले बताउनुभयो ।

नेपाल हेल्थ सेवाका अध्यक्ष संगम पण्डितको सक्रियता र पकाहमैनपुर गाउँपालिकाको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसिया, उपाध्यक्ष कुसमी देवी, जनप्रतिनिधि एवम् स्थानीय बुद्धिजिविहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक सहायक शेखर गुप्ता, शिवपुजन यादव, मनिष गुप्ता लगायतले प्राविधिक सहयोग गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here