हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले छुट्टै क्वारेन्टीन निर्माण गर्न लागेको छ । हेटौंडा १० गोरक्षस्वरमा रहेको हललाई प्रयोग गर्दै क्वारेन्टीन निर्माण गर्न लागेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । हलमा तल र माथी गरेर २४ जना अट्ने क्षमताको रहेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि क्वारेन्टी निर्माण गर्न सुरु गरेको मेयर महतले वताउनुभयो ।
हेटौंडा एकेडेमीमा पनि क्वारेन्टीन सञ्चालन गरिएको छ । हेटौंडाको कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयमा आइसोलेन निर्माण गरेर कोरोनाको संका लागेकाहरुलाई राख्दै आइएको मेयर महतले वताउनुभयो । दुवै स्थानमा उपमहानगरपालिकाका स्वास्थ्यकर्मीलाई खटाइएको छ । गोरक्षस्वरमा पनि क्वारेन्टीन निर्माण गरेर केहीदिनमै प्रयोगमा ल्याइने उहाँले वताउनुभयो ।