निजगढ,बारा र रौतहटलगायतका देशका विभिन्न जिल्लामालामो समयदेखि अबैध लागुऔषधको बिक्री वितरण गर्दैआएका एक जना फरार प्रतिवादीलाई निजगढ प्रहरीले पक्राउ गरेको छ ।लागुऔषध मुद्दामा फरार रहेका रौतहट फतुवाबिजयपुर नगरपालिका वडा नम्बर–७ घर भएकाध्यानी राउत कुर्मीको छोरा २४ वर्षीय रामबिनयप्रसाद पटेललाई प्रहरीले निजगढबाट पक्राउ गरेको हो ।

पटेल इलाकाप्रहरी कार्यालय निजगढको लागुऔषध मुद्दाका फरार प्रतिवादीहुन । उनीले लामो समयदेखि यस क्षेत्रमा लागुऔषधको कारोबार गर्दैआएको प्रहरीले बताएको छ । पटेलविरुद्घ विभिन्नजिल्लामापक्राउपुर्जी जारी भएपनिप्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

ईलाकाप्रहरी कार्यालय निजगढका प्रहरीले निजगढ नगरपालिका–९ स्थित सहिद चोकबाट पटेललाई नियन्त्रण लिएको ईलाकाप्रहरी कार्यालय निजगढका प्रमुखतथा प्रहरी निरीक्षक सुमितकुशवाहले जानकारी दिनुभयो ।यसअघि प्रहरीले गतअसार १ गते निजगढ नगरपालिका वडा नम्बर ७ घर भएका ३३ वर्षियविकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासंग २५० पिसलागुऔषधट्रामाडोल ट्याबलेटसहितपक्राउ गरेको थियो । रुम्बाले पटेलसंग ट्याबलेट खरिद गरि निजगढका विभिन्न प्रयोगकर्तालाई बिक्री वितरण गर्दै आएकाथिए । रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले फरार प्रतिवादी पटेललाई पनि पक्राउ गरेको हो । पटेल इलाकाप्रहरी कार्यालय निजगढको लागुऔषधमुद्दा नम्बर ८० को चालु मुद्दाका फरार प्रतिवादीहुन । यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका वडा नम्बर ९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई पनि एक लाख १७हजार पिसलागुऔषधट्रामाडोल ट्याबलेटसहितपक्राउ गरेको थियो ।
भारतबाट नेपालमालागुऔषधभित्र्याउदै गर्दा प्रहरीले उनीहरु सवार रहेको गाडी सहित वीरगञ्जबाट नियन्त्रणमा लिएको थियो ।पछिल्लो समयमाबाराको निजगढमा लागुऔषधको कारोबार बढ्दै गएको अवस्थमा यसमा संलग्नहरु पनि पक्राउ पर्ने क्रम बढेको हो ।लागुऔषधका कारोबारीहरुले निजगढबाट भारततर्फ गाँजा र भारतबाट लागुऔषधट्रामाडोल ट्याबलेटलगायतका लागुऔषध नेपाल भित्र्याउने गर्दैआएका छन ।

Leave a Reply