दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बारागढी गाउँपालिकाका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनी बैरियाको प्राङ्गणमा मंगलवार दुई वटा वडाको चार वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।कार्यक्रमको प्रमुख अतिथि बारागढी गाउँपालिकाको अध्यक्ष अशोककुमार जयसवालले पानी खाएर सो कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । वडा नम्वर २ को मलाहीको दुई वटा र बारागढी गाउँपालिकाको चेरवन्त पथराका दुई वटा वडाको चार वटा समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।वडा नम्वर ५ का वडा अध्यक्ष मनेजर चौधरीको अध्यक्षतामा भएको सो समुदाय घोषणा कार्यक्रममा गाउँपालिका वडा नम्वर २ का मलाहीका दुई वटा र वडा नम्बर ५ को चरमतपथरा तथा बैरीयालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।नेपाल सरकार र युनिसेफ नेपालको सहयोगमा आयोजना गरिएको सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी राय, वडा नम्बर २ का वडा अध्यक्ष जोगिन्द्र साह कालवार, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, लेखा अधिकृत अजय चौधरी, सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, योजना प्रमुख राजकिशोर चौधरी, जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुर, खानेपानी शाखा प्रमुख उपेन्द्रप्रसाद साह, वरिष्ठ प्रज्वलक उमेशप्रसाद चौधरी, सामुदायिक प्राविधिक धर्मनारायण चौधरी, कार्यपालिका सदस्य रेणुदेवी कालवार, ल्याब टेक्नेसियन ज्योति चौधरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनी बैरियाका प्रधानाध्यापक सीमा चौधरी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथराका प्रधानाध्यापक मञ्जु चौधरीलगायत वडा सदस्य, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, बुद्धिजीवी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी ज्ञानु चौधरीले गर्नुभएको थियो ।कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी राय, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलेशकुमार मिश्र, वडा अध्यक्ष मैनेजर चौधरी, जोगिन्दर साह कलवार, उमेशप्रसाद साह, पत्रकार दिपेन्द्र जैसवाल, गाउँपालिकाका लेखा अधिकृत अजय चौधरी, योजना शाखा प्रमुख राजकिशोर चौधरी, जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुर, सरसफाइ शाखा प्रमुख एवंम फोकल पर्शन उपेन्द्रप्रसाद साह, कार्यक्रमका प्रज्वलक उमेश चौधरी, पूर्वकार्यपालिका सदस्य अक्षलाल राम, शिक्षक सिमा चौधरी, मन्जु चौधरीलगायतलाई सम्मान पनि गरिएको थियो ।


















