नेपाल गरिब देश हो भनिन्छ । नेपालका जनताहरुको जीवन स्तर पनि माथि उठ्न नसकेको कुरा गरिन्छ अनि नेतालाई गाली गर्ने एउटा ठूलो जमात पनि छ हामीकहाँ ।तर नेपालबाट ट्रकमा नै लोड गरेर पैसा विदेश लगिन्छ भन्ने कुरा त कसले पो कल्पना गर्छ होला र ? तर यसरी पनि पैसा विदेश लगिने गरिदो रहेछ । नेपालबाट कडोरौंको रकम बाहिर लगिन्छ भने यसले नेपाल गरिब छैन भन्ने पनि देखाउछ । हुनत कुनै ब्यापारी,गिरोहले यो हर्कत गरेको होला यसले समग्रमा देशको कुरा त फरक नपर्ला तर ट्रकमा पैसा फेला पर्नु आफैमा आश्चार्यको कुरा हो ।

प्रहरीले यो पैसा बरामद गर्नु पनि राम्रो कुरा त हो तर कसरी प्रहरीले सुराक पायो भन्ने कुरा पनि महत्वपूर्ण होला । २४ करोड पैसा सामान लोड गरेको जसरी ट्रकमा लोड गरिन्छ भने अब कल्पना गरौं सामानहरु कसरी लगिदो होला ? नेपालको सुरक्षा व्यवस्थाको सवालमा त प्रहरीको यो कार्यले प्रशंसा हुने नै भयो तर यस्ता कति ट्रक ओहोरदोहोर गरे होलान भन्ने प्रश्न उब्जने नै भयो ।

यो अन्तिम होस् भन्ने त होला तर अबैद्य कारोबार त हुदो रहिछ भन्ने कुरा पनि यसले पुष्टि गरेको छ । प्रहरीले समातेको यो रकमको नेपालमा राम्रो सदुपयोग पनि हुन आवश्यक छ ।देशको राजश्वमा दाखिला गर्दैमा पनि सबै आम नागरिकहरुलाई सहज हुदैन । यस्ता गतिबिधिले देशलाई फाइदा गर्दैन तर नेपालमा यस्तो गिरोह सक्रिय छ । अब पैसा बरामद गर्नु राम्रो भएपनि प्रहरीले यसको सत्य कुरा पत्ता लगाउछ कि लगाउदैन भन्ने चैं मुल कुरा हो ।

 

Leave a Reply