कलैया,पर्सा प्रहरीले स्रोत नखुलेको बाह्र लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका २ का २५ वर्षीय सुरेशकुमार वर्णवाल र भारत बिहार जिल्ला बेतिया बकुलहरका १९ वर्षीय सत्यमकुमार रहेका छन् ।प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलिले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ स्थित परवानीपुर चोकमा सवारी साधन जाँच गर्दा बाह्र लाख नगद बरामद गरेको हो ।
मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा वर्णवालले भिरेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको नेपाली एक हजार दरका नोट ७७१ थान र पाँच सय दरका नोट ८५८ थान गरी कुल बाह्र लाख नगद बरामद गरेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जनाउनुभयो ।नगदसहित पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ दफा १२५ को (क) बमोजिम कारवाही अघि बढाइन















