आरके चौधरी
सखुवाप्रसौनी,पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ निर्मलबस्तीबाट सशस्त्र प्रहरीले ९१ केजी लागू औषध गाँजा बरामद गरेको छ ।प्रस्तावित सीमा सुरक्षा गुल्म सुर्वणपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक किशन केसीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले १० वटा पोकामा राखिएकोे ९१ केजी गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार नाम्लो बनाएर पिठ्युमा गाँजाको भारी बोकेर सीमावर्ती भारततर्फ जाँदै गरेका १० जना भरियाहरु सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिक्कै गाँजाको पोका फालेर भागेका थिए ।फरार तस्करहरुको खोजी कार्य भइरहेको र बरामद गाँजा बिहीबार नै ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको उहाँले जानकारी दिनुभयो ।
















