(241001) -- BEIJING, Oct. 1, 2024 (Xinhua) -- Smoke rises following an Israeli airstrike in the town of Khiyam, southeastern Lebanon, on Sept. 30, 2024. A total of 95 people were killed and 172 others injured over the past 24 hours in Israeli airstrikes on different areas in Lebanon, said the Lebanese Health Ministry Monday night. (Photo by Taher Abu Hamdan/Xinhua)

काठमाण्डौं,सन् २०२४ मा नेपालको हावा झनै प्रदूषित भएको छ । विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौं नम्बरमा पुगेको छ । यो सूचीमा नेपाल सन् २०२३ मा आठौं र २०२२ मा १६औं नम्बरमा थियो ।

आईक्यू एअरको तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २ दशमलव ५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ । यो मात्रा सन् २०२३ मा ४२ दशमलव ४ माइक्रोग्राम र सन् २०२२ मा ४० दशमलव १ माइक्रोग्राम प्रतिघनमिटर थियो । यो स्वस्थ हावाको तुलनामा आठ गुणाभन्दा धेरै प्रदूषित हो । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।

आईक्यू एअरले सन् २०२४ मा विश्वका १ सय ३८ देशको हावाको गुणस्तर मापन गर्ने पीएम २.५ भनिने धूलोको कणको तथ्याङ्कका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ । धेरै प्रदूषण रहेका देशको सूचीको पहिलो नम्बरमा अफ्रिकी देश चाड परेको छ । यस्तै दोस्रोमा बङ्गलादेश, तेस्रोमा पाकिस्तान, चौथोमा कङ्गो र पाँचौंमा भारत परेका छन् ।यस्तै विश्वका सफा देशको तुलनामा नेपालीले श्वास फेर्ने हावा १३ गुणा धेरै प्रदूषित छ । सन् २०२४ मा हावा सर्वाधिक स्वच्छ रहेका १२ देश तथा क्षेत्रको पीएम २.५ को मात्रा सरदरमा ३ दशमलव २५ माइक्रोग्राम प्रतिघनमिटर मात्र छ । सफा हावा भएका देश तथा क्षेत्रमा बहमास, बर्मुडा, फ्रेन्च पोलिनेसिया, यूएस भर्जिन आइल्यान्ड्स, न्युजिल्यान्ड, अस्ट्रेलिया लगायत छन् ।

प्रदूषित हावाकै कारण नेपालीको आयु औसतमा ३ वर्ष ३ महिनाले घटिरहेको पनि आईक्यू एअरको प्रतिवेदनमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सर लगायत रोगको जोखिम बढ्छ ।

Leave a Reply