कलैया, बाराको कोल्हवीमा मंगलबार आयोजन ागर्न लागिएको प्रेस सेन्टर बाराको जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको सबै तयारी पूरा भएको छ । कोल्हवी स्थित शुभबिहानी होटलमा मध्यान्ह १२ ः ३० बजेबाट कार्यक्रम शुरु हुनेछ । दशैं तथा दीपावली तथा छठको अवसर पारेर जिल्ला भेला सहित शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको प्रेस सेन्टर बाराका इन्चार्ज कृष्णउदास खनालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाका सबै माओवादी केन्द्र निकटमा पत्रकारहरुको सहभागिता रहने पनि उहाँले बताउनुभयो । सेन्टरका केन्द्रीय उपाध्यक्ष एवम् मधेश इचार्ज गोबिन्द देवकोटाको प्रमुख आथित्यतामा कार्यक्रम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here