वीरगञ्ज,जिल्ला प्रशासन कार्यालय पर्साले रंगहरुको पर्व होली मर्यादित र अनुशासित भएर खेल्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गर्दै फागु (होली) पर्व मनाउने क्रममा इच्छा विपरित रंग छ्याप्ने, जथाभावी अबिर फाल्ने, हो–हल्ला गर्ने गराउने, लोला हान्ने, जवरजस्ती अमर्यादित वा उत्श्रृखल किसिमका व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानुन विपरित भएकोले त्यस्तो कार्य नगर्न नगराउन अनुरोध गर्नुभएको हो ।

सामाजिक र साँस्कृतिक मर्यादा विपरितका यस्ता कार्य तथा व्यवहारहरु कोही कसैले नगर्न नगराउन अनुरोध गर्दै अनुशासित, मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउन आग्रह गरेको छ । कोही कसैको इच्छा एवं स्वीकृति बेगर गैर कानूनी एवं अमर्यादित व्यवहार गरे÷गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत सूचनामा जनाइएको छ । साथै सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउन पनि रोक लगाएको छ ।

Leave a Reply