नरेश गुप्ता
बरियारपुर –  अहिले बारामा खुल्याम रुपमा तस्करीकाे कार्य बढेकाे छ । तस्करहरुले राजश्व छलि भारतबाट तस्करी  गरि ल्याईएको लत्ताकपडा  रकमको चलखेलमा पक्राउ  गरिएको सामान छाडिएको रहस्य  बाहिर आएको छ ।
सिमा नाका कवहिगोठ भएर  नेपाल भित्राईएको लत्ताकपडा  पिक भ्यान सहित पक्राउ  गरिए पनि मोटो रकमको चलखेलमा नेपाल प्रहरीले  छाडेको रहस्य बाहिर आएको छ ।  बाराको प्रहरी  चौकी बरियारपुरको प्रहरी  सहायक निरीक्षक  जगदिश यादवले बिगत केही दिन अगाडि  महागढीमाई नगरपालिका २ स्थित ईनर्वा चौकमा भारतिय नम्बरको  पिक भ्यान सहितको लत्ताकपडा  बरामद  गरेको केही क्षणमै दुई लाख पचास हजार नजराना लिइ छाडेको एक प्रहरी  हवलदारले नाम उल्लेख  नगर्ने सर्तमा बताए ।
महागढीमाई नगरपालिका  २ बरियारपुर बजार स्थित रहेको विभिन्न रक्सी  पसलबाट समेत घरेलु मदिरा बिक्रि  बितरण गरे बापत नजराना  लिदै आएको स्थानिय ब्यापारिहरु बताउछन् । भारतिय तस्कर तेजा यादवले भारतिय नम्बरको  पिक भ्यानमा मालसामान लत्ताकपडा  नेपाल ल्याउदै गरेको थियो । त्यसैगरी विश्व प्रसिद्ध गढीमाई मेलामा स्थानिय लगायत श्रद्धालुहरुको हराएको मोटरसाइकल  अहिले सम्म बरामद भएको छैन ।
प्रहरी  चौकी नजिकै रहेको स्थानिय प्रहरी  हवल्दार  रामनिवास साह तेलिको घरबाट मोटरसाइकल  हराएको महिनौ बितिसक्दा  पनि  मोटरसाइकल  बरामद गरिएको छैन । बाराको विभिन्न  सिमा नाकामा तस्करी  मौलाउदै गएपछी प्रदेश नम्बर २ को बाहिनिपती राजु अर्यालले मातहतको सिमा नाकामा निगरानी  बढाएको छ ।  तस्करी नियन्त्रण  गर्नु साटो नेपाल  प्रहरी  कै मातहतको ईन्चार्जबाट तस्करीको लाईन दिने नजराना उठाउने कार्य भैइरहेको  छ ।
तस्करी गरिएको मालसामान  पक्राउ  गरिए पनि रकमको चलखेल गरेर तस्करी कार्यलाइ बढावा दिने गरिएको  समबन्धमा बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले आफुले सो पिक भ्यान र लत्ताकपडा  समबन्धमा अनुसन्धान  गरिरहेको प्रतिक्रिया  दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here