संघीय राजधानी काठमाडौं तराई मधेसबाट जोडिने तीव्र गतिको भनिएको फाष्ट ट्याकको बाटो अहिले धमाधम निर्माण भइरहेको छ ।करिब एक दशक अगाडिबाट यो बाटो बनाउन थालिएको भएपनि यसले गति भने खासै लिएको छैन । पछिल्लो समय नेपाली सेनाले यसको जिम्मा लिएपछि भने केही आशा जागेको हो । अझैपनि यो निर्धारित समयमा सकिन्छ कि सकिदैन भन्नेमा अन्यौलता कायम नै छ । नेपाली सेनाले आइतवार मात्रै दुर्त मार्ग निर्माणको सवालमा केही कुराहरु सार्वजनिक गरेको छ । जसले गर्दा यो बाटो बन्छ कि भन्ने आशा थप जागेको हो ।

करिब दश वर्षमा नै भएपनि यो आयोजनामा करिब ४० प्रतिशत भौतिक प्रगति हुनु राम्रो समाचार नै हो । यो बाटो नेपाल र नेपालीका लागि एउटा सपना हो । यस्तो खालको बाटो नेपालमा अन्यत्र हालसम्मलाई बनेको छैन ।विशेषगरी तराई मधेशका नागरिकहरुका लागि यो नितान्त आवश्यक पनि छ । संघीय राजधानी काठमाडौं जानुपर्ने बाध्यता सबैलाई कुनै न कुनै रुपमा भइ नै हाल्छ यो समयमा पनि अझै काठमाडौं यस क्षेत्रका नागरिकहरुका लागि टाढै छ ।

हुनत हवाइ सेवा पनि छ तर सबैको पहुँचमा यो छैनपनि । सबैका लागि र आम नागरिकहरुका लागि सहज हुने भनेकै सडक मार्ग नै हो । यो बाटो अबको करिब दुई वर्षभित्र बनिसक्नु पर्नेछ ।नेपालमा तोकिएको समयमा कुन चैं काम हुन्छ र यो काम होला तरपनि अहिले निराश हुने अवस्था भने छैन । अबको ढिलोमा पाँच वर्षभित्र बनेपनि त्यो गर्व र खुसीको कुरा हुनेछ । तर यो सपना चैं पूरा हुनु पर्दछ ।

 

 

Leave a Reply