हेटौंडा ,११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ हटियामा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपरकी कोषाध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा तथा वडा नम्बर १७का वडा अध्यक्ष उद्वव सत्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा म्यूजिकल चियर लगायतका प्रतियोगिताहरु संचालन भएका थिए । सो क्रममा राधा कार्की प्रथम तथा गुणा बास्ताकोटी उपबिजेता बन्नुभएको थियो । हटिायमा रहेका बिभन्न गैर सरकारी संस्थाहरुको समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष सत्याल सहित वडा नम्बर १६का अध्यक्ष रामकृष्ण कोइराला,१७का वडा सदस्यहरु उर्मिला चुनारा, लेखकुमारी तिमलसिना,वडा सचिव शिक्षा राउत, सानाकिसान सहकारी संस्थाकी अध्यक्ष कलम श्रेष्ठ, महिला जागृतिकी शान्ता गौतम लगायतले आफ्ना शुभकाना मन्तब्यहरु राख्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुले बिश्वका सबै श्रमिक महिलाहरु एक हुनुपर्नैमा जोड दिएका थिए ।



















