सिकिन्द्र साह
सिम्रौनगढ,
बारा जिल्लाको पचरौता नगरपालिका वडा नम्बर ३ रामनगर र बलधुवा गाउँकोबीचमा पर्न जमुनी नदीमा निर्माणाधिन पुलको प्रदेश नम्बर २ की अर्थ राज्यमन्त्री उषा यादव र पचौरता नगरपालिकाका प्रमुख रमेशकुमार यादवले शुक्रबार निरीक्षण गर्नुभएको छ ।
पुल अभावमा बिगत लामो समयदेखि स्थानीयले पानीमा हेलिएर नदी पार गदै आएका थिए । निरीक्षणको क्रममा नगरप्रमुख यादवले स्थानीय चुनावको बेला आफुले जनतासंग गरेको प्रतिवद्धताअनुसार पुल निर्माण सुरु गरेको बताउनुभयो ।
नगर प्रमुख यादवको आग्रहमा प्रदेस सरकारको पहलमा प्रदेश स्तरीय बजेटमा समाबेश गरि पुल निर्माण सुरु भएको हो । अनुगमनको क्रममा राज्यमन्त्री यादवले पुल बलियो र भरपर्दो बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्माण कार्यको ठक्का पाएको ठेकेदार कम्पनीले कुनै लपरवाही गरे आफ्नो मोबाइल नम्बर वा नगरपालिका कार्यालयमा सुचना दिन स्थानीयसंग अनुरोध गर्नुभयो ।