निजगढ – निजगढ नगरपालिका ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको शनिबार एक कार्यक्रमबीच विद्यालयको ४७ औँ जन्मजयन्ति दिवस मनाइएको छ । कोराना भाइरस संक्रमण जारी नै रहेकाले विद्यालयले शिक्षक तथा कर्मचारीकोमात्रै उपस्थिति गराएर सामान्य रुपमा जयन्ति मनाएको हो ।
विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिर्घसेवा प्रदान गर्नु हुने शिक्षकहरु देवबहादुर वाइवा, गोमाकुमारी तिमल्सिना र कादम्बरी कोइरालालाई सम्मान गरिएको थियो । प्रधानाध्यापक झाले विद्यालयको शैक्षिक र भौतिक प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक समराज तामाङ्गले स्वागत मन्तव्य राख्नु भएको विद्यालयका शिक्षक बोधनाथ चौलालागाईले जानकारी दिनुभयो ।
कार्यक्रममा नेत्रकुमारी पौडेल स्मृति छात्रवृत्ति पुरस्कार २०७६ सालको कक्षा ११ मा छात्रतर्फ सर्वोकृष्ट जिपिए ल्याउने सनिश खुलाल र छात्रातर्फ सरिश्मा लामालाई प्रदान गरिएको थियो । उक्त छात्रवृत्ति पुरस्कार माधव वडालले प्रदान गर्नुभएको थियो । त्यसैगरी शिवचन्द्र बाल किरण छात्रवृत्ति प्रिया यादव, प्रन्जल कुमारी, सन्देश लामा, आभाष गौतम र प्रशान्त घिमिरेलाई विनोद खरेलले प्रदान गर्नुभएको थियो । कार्यक्रममा २०४८ को एसएलसी ब्याचले विद्यालयका पूर्व शिक्षकद्धय स्व.गुरुप्रसाद रेग्मी र स्व.चिन्तामणी पोखरेलको स्मृतिमा दिक्षा थापा र शिसम थापालाई छात्रवृत्ति प्रदान गरेको थियो । कार्यक्रममा सम्मानित शिक्षक वाईवा र २०४८ साल ब्याजका पूर्वविद्यार्थी मणिश्वर घिमिरेले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलाई शिक्षक खड्ग श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।