वीरगञ्ज,नेपाल पत्रकार महासंघ, पर्सा र वीरगञ्ज कलेज, श्रीपुरबीच शैक्षिक, सामाजिक र पत्रकारिता क्षेत्रको प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।यस समझदारीअनुसार दुवै पक्षले पर्सा जिल्लाको शैक्षिक, सामाजिक र अर्धराजनीतिक क्षेत्रमा प्रगतिका लागि संयुक्त प्रयास गर्ने सहमति गरेका छन् । शैक्षिक क्षेत्र सुधारका लागि बहस र अन्तरक्रियाका कार्यक्रमहरू आयोजना गरिनेछ भने पत्रकारिता क्षेत्रको प्रवद्र्धन र पत्रकारहरूको दक्षता अभिवृद्धिमा विशेष पहल गरिने सम्झौता पत्रमा उल्लेख छ ।

समझदारी अनुसार, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरूको क्षमता विकासका लागि वीरगञ्ज कलेजले पत्रकारिता विषयमा अध्ययनको विशेष व्यवस्था गर्नेछ । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य तथा सञ्चारकर्मीले कक्षा ११ र १२ अध्ययनका लागि वार्षिक रु. पाँच हजारमा अध्ययन गर्न पाउनेछन् ।यसबाहेक, राष्ट्रिय परीक्षा बोर्डले तोकेको रजिष्ट्रेशन, परीक्षा शुल्क तथा प्रमाणपत्र शुल्क भने विद्यार्थी आफैंले व्यहोर्नुपर्नेछ । दुवै पक्षले स्थानीय सरोकारका विषयमा सकारात्मक परिवर्तनका प्रयासलाई प्राथमिकताका साथ समन्वय गर्ने र आवश्यकताअनुसार अन्य सहकार्यका कार्यक्रमहरू सञ्चालन गर्ने सम्झौता भएको नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply