बारा,मकवानपुरको भिमफेदी गाउँपालिका २ मा आइतवार बिहान पिकअप भ्यान दुर्घटना हुँदा बारा जिल्लाका एकजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।त्रिभुवन राजपथ अन्तर्गत भैसेमा ना ४ च ९४१ नम्बरको पिकअप दुर्घटना हुँदा बारा बिश्रामपुर गाँउपालिका ३ का १८ वर्षीय राहुलकुमार पण्डितको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पण्डितको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा आठ जना घाईते भएका छन् । घाइतेको हेटौडास्थित अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply