बरियारपुर,बाराको पचौरतामा बैशाख १६ गतेदेखि संचालन हुने महारुद्र यज्ञमा शालिक निर्माणका लागि बारा, पर्सा र रौतहटको महिलाहरु सक्रिय रुपमा लागेका छन । कलैयास्थित देवकीलाल धर्मशालामा बुधबार पत्रकार समेलनको आयोजना गरी शहिदहरुको आत्माशान्ति हेतु १ सय १० वटा शालिक निर्माण गरिने यज्ञ आयोजनक समितिका गम्भिरा सहनीले पत्रकार समेलनमा जानकारी गराउनुभयो ।
पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरमा बैशाख १६ गते कलश यात्रा निकालिने उक्त यज्ञको १७ गते उदघाटन गरिने संतोष पटेलले जानकारी गराउनुभयो । मधेस आन्दोलनमा सहादत प्राप्त गरेका २२ जिल्लाका १ सय १० शहिदहरुको आत्माको चिरशान्तिको कामना र रामनगरलाई ऐतिहासिक सहिद स्मारक स्थलको रुपमा स्थापित गर्न महारुद्र यज्ञको आयोजना हुन लागेको हो ।
यज्ञ तयारीमा बारा, पर्सा र रौतहट जिल्ला महिला र पुरुषहरुको सक्रिय सहभागिता रहेको र महारुद्र यज्ञको लागि शालिक निर्माणका लागि तयारी भैइरहेको पत्रकार समेलनमा जानकारी गराईएको थियो । यज्ञ उदघाटनको दिन २२ वटै जिल्ला सदरमुकाममा आकाशबाट पुष्प वर्षा गराइने पनि बताईएको छ । पत्रकार समेलनमा रौतहटको पौराहा नगरपालिका ९ निवासी तारा देबी, पर्सा जिल्ला निवासी माल्ती गिरी, बाराको आदर्श कोतवाल निवासी सोनी कुशवाहा, रेखा शाह र नेपाली बाबा लगायतको सहभागिता रहेको थियो ।