फाइल तस्बिर

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षक ९एसपी० सम्मको सरुवा प्रक्रिया लामो समयदेखि रोकिएको छ । प्रहरी प्रधान कार्यालयले भदौदेखि अघि बढाएको सरुवा प्रस्ताव कार्यान्वयन हुन नसक्दा प्रहरी संगठनभित्र असन्तुष्टि बढ्दै गएको छ ।

प्रहरी अधिकारीहरूका अनुसार कतिपय प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षक ९डीएसपी० र एसपी एउटै कार्यक्षेत्रमा १२ देखि १५ महिनासम्म कार्यरत रहे पनि सरुवा हुन सकेको छैन । सामान्यतः एक वर्षमा सरुवा गर्ने प्रचलन रहे पनि राजनीतिक नेतृत्वको हस्तक्षेप र स्वीकृतिमा भएको ढिलाइले प्रक्रिया प्रभावित भएको उनीहरूको आरोप छ ।

झापा, मोरङ, उदयपुर, रुपन्देही, कास्की, दाङ, कैलाली, कञ्चनपुर, सिराहा र रौतहटलगायत जिल्लामा कार्यरत कतिपय एसपीको कार्यअवधि एक वर्ष नाघिसकेको छ । प्रहरी प्रधान कार्यालयले विभिन्न जिल्ला तथा युनिटका लागि सरुवाको प्रस्तावसमेत तयार पारेको जनाइएको छ ।

प्रहरी नियमावली, २०७१ को नियम ४८ अनुसार प्रहरी निरीक्षकदेखि एसपीसम्मको सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक ९आईजीपी० लाई छ । तर व्यवहारमा राजनीतिक नेतृत्वको सहमतिबिना सरुवा गर्न कठिन हुने गरेको प्रहरी अधिकारीहरूको भनाइ छ ।

लामो समय एउटै जिम्मेवारीमा रहँदा प्रहरी अधिकृतको कार्यसम्पादन, नेतृत्व विकास र संगठनको प्रभावकारितामा असर पर्ने उनीहरूको चिन्ता छ । प्रहरीमा करिब ३५ प्रहरी निरीक्षक र २५ डीएसपीको दरबन्दीसमेत रिक्त रहेको अधिकारीहरूले बताएका छन् ।

यता, प्रहरी प्रवक्ता अबि नारायण काफ्लेले भने सरुवा प्रक्रिया रोकिएको नभई केही समय ढिलाइ भएको बताएका छन् । भोटेकोशी बाढी, दसैँलगायत कारणले समय लागेको उल्लेख गर्दै एक वर्ष अवधि पूरा गरेका वरिष्ठ प्रहरी अधिकृतहरूको क्रमशः सरुवा हुने उनले जानकारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवाको गृहकार्य गरिरहेको र छिट्टै प्रक्रिया अघि बढ्ने जनाएको छ ।

Leave a Reply