आरके चौधरी
सखुवापर्सौनी,पर्साको पर्सागढी नगरपालिकाअन्तर्गत पर्ने सिगयाही खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।सिगयाही खोलामा गिट्टी बालुवा उत्खनन गरी अवैध रूपमा ओसारपसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्याक्टरहरू नियन्त्रणमा लिएको हो ।इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रामराजा केशरीका अनुसार प्रहरी चौकी मानवाको टोलीको सहयोगले सिगयाही खोलाबाट गिट्टी बालुवा ओसारपसार गर्न प्रयोग भइरहेको ना ४ त–६२४६, ना ६ त– ७३५५ र ना ५ त– ५०५२ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ ।नियन्त्रणमा लिएको ट्याक्टरलाई प्रहरी चौकीले पर्सागढी नगरपालिकाको राजस्व शाखामा पठाएको र नगरपालिकाले प्रतिट्याक्टर ५ हजार रुपैया जरिवाना तिराएर छोडेको इन्स्पेक्टर केशरीले जानकारी दिनुभयो ।

















