सिकिन्द्र साह
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर २ स्थित रानिवास मन्दिर नजिकैबाट लागु औषधसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय सिम्रौनगढले प्रहरी निरीक्षक पवन पछाईको नेतृत्वमा खटिएको टोलीले शनिवार बिहान ६ः४५ बजे किशोरीप्रसाद कुशवाहालाई नियन्त्रणमा लिएको हो ।सिम्रौनगढ नगरपालिका वडा नम्बर २ खजानी टोलका ३५ वर्षीय कुशवाहालाई चेकजाँच गर्दा ट्रमाडोल ३२ ट्याबलेट र एभिल २६ ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ । लागू औषध नियन्त्रणसम्बन्धी अभियानअन्तर्गत लामो समयदेखि सक्रिय रहेको गिरोहमाथि अनुसन्धान भइरहेको र विभिन्न तरिकाबाट निगरानी गरी पक्राउको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक पछाईका अनुसार लागु औषध कारोबार तथा प्रयोगलाई रोक्न विशेष अभियान सञ्चालन भइरहेको छ । पक्राउ परेका कुशवाहामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply