कलैया,जिल्ला प्रहरी कार्यालय बाराको प्राङगणमा सोमवार बालविवाह विरुद्ध सचेतना अभिवृद्धिकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।‘हाम्रो प्रयास’ संस्थाको आयोजनामा बालविवाह विरुद्ध सचेतना अभिवृद्धिकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।सामुदायिक शाखाका प्रमुख प्रहरी निरीक्षक बलराम श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकको भूमिका प्रहरी बरिष्ठ नायब निरीक्षक टेकबहादुर कार्कीले निर्वाह गर्नुभएको थियो ।
कार्यक्रममा बाराका विभिन्न मातहतबाट १५ जना प्रहरी कर्मचारी तथा जिल्लामा कार्यरत प्रहरी निरिक्षकसहित कुल ३० जनाको सहभागिता रहेको थियो ।

















