कलैया,सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मुल नाराका साथ १५ औं राष्ट्रिय सूचना दिवस कलैयामा बिहीबार मनाइएको छ ।
सूचनाको हक सम्बन्धी ऐन कार्यान्वयनको १५ वर्ष पुगेको अवसरमा कलैयाको भरत चोकमा बिभिन्न नारा सहितका प्ले कार्ड र मैनबत्ती बालेर दिवस मनाइएको हो । कार्यक्रम सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ कार्यसमिति तथा बारा जिल्ला कार्यसमितिले आयोजना गरेको हो । उक्त कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ कार्यसमितिका संयोजक सन्तोष पाण्डे तथा सदस्य सचिव मुकेश कुशवाहाको सहभागिता थियो ।
त्यस्तै संजालका जिल्ला कार्यसमितिका संयोजक सर्फुल्ला अंसारी सहसंयोजक सावित्री शर्माको पनि उपस्तिथि रहेको थियो । साथै जिल्ला तथा बिभिन्न पालिकाका सूचना अभियन्ताहरु ंिपंकी यादव, रिमा चौधरी, सरला जयसवाल लगायतको सहभागिता थियो । प्रदेश नं.२ कार्यसमितिका संयोजक पाण्डेले सबै नागरिकले सूचनाको बारेमा जानकारी पाउनु पर्छ तथा सूचनाको हक आम नागरिकको लागि औजार जस्तै हो भन्नुभयो । कार्यक्रमको संचालन प्रदेश नं.२ कार्यसमितिका सदस्य सचिव कुशवाहाले गर्नुभएको थियो ।