सिमरा,२४औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४० रिजर्भ गण हेडक्वाटर पिलुवा, बारा पथलैयाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज र रेश्मकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन ।आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी उपरीक्षक गणपती नवराज थापा र विशेष अतिथिका रूपमा नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज पर्सा शाखाका सभापति बृजकिशोर पटेलको उपस्थिति रहेको थियो ।नेपाल रक्तसञ्चार केन्द्र, वीरगञ्जमा रगतको चाप न्यून भई रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाले प्रदान गर्नुभएको थियो ।शान्ति, सुरक्षा र सेवाप्रति सशस्त्र प्रहरी बलको प्रतिबद्धतालाई पुनः उजागर गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वमा सशस्त्र प्रहरीको सक्रिय भूमिका बलियो बनाएको आयोजकले जनाएको छ ।



















