आर.के.चौधरी
सखुवाप्रसौनी,‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला समुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने मूल नाराका साथ २१औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०८१ बिहीवार सखुवाप्रसौनी गाउँपालिकामा मनाइएको छ।
सखुवाप्रसौनी गाउँपालिका स्वस्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रममा अन्तर्गत वडा २ को स्वास्थ्य चौकीबाट निकालिएको ¥याली पन्चगावा बजार र नजिकको गाउँ परिक्रमा गरी गाउँपालिकामा कार्यलयमा पुगेर समापन गरिएको थियो ।
गाउँपालिका स्वस्थ्य शाखा प्रमुख राजेश रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपलिका अन्तर्गत पर्ने सबै स्वास्थ स्वयंसेवकहरु र स्वास्थ्य चौकीका प्रमुखहरुको सहभागिता रहेको थियो ।स्वास्थ्य स्वयंसेविकाको योगदानको सम्मान गर्दै उनीहरूलाई प्रेरित गर्न यो दिवस विशेष महत्वका साथ मनाइएको बताइएको छ।

Leave a Reply