वीरगञ्ज,वीरगञ्जको नगवास्थित भुटनदेबी मन्दिर नजिक रहेको वृद्धाआश्रममा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।नेपाल प्रौढ संघको आयोजना तथा किरण आँखा अस्पतालको सहकार्यमा आयोजन भएको निःशुल्क आँखा परीक्षण शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्वमन्त्री बिमलप्रसाद श्रीवास्तवले आश्रमलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।कार्यक्रमका बिशिष्ठ अतिथि पूर्वमुख्य मन्त्री तथा प्रदेश सभा सदस्या मोहमद लालबाबु राउत गदीले आश्रम बनाउन सहयोग गरेको तथा आउने दिनमा अधुरा कामहरु पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष परशुराम चौरसियाले आगामी आर्थिक वर्षमा पाँच लाख रूपैयाँ सहयोग गर्न बचन दिनुभयो ।शिविरमा १२५ जनाको आँखा परीक्षण भएको स्वास्थ्य पत्रकार समुहका राजकुमार सरर्फाले जानकारी दिनुभयो । सो मध्ये १३ जनामा मोतिया बिन्द देखिएकोले उनीहरुको निःशुल्क शल्यक्रिया किरण आँखा अस्पतालमा गराइने कार्यक्रमका संयोजक अशोककुमार गुप्ताले जानकारी दिनुभयो ।कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष रितेश गुप्ता, नेपाल प्रौढ संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल राउत, श्रवणबहादुर रायमाझी, मनोज मिश्र लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुको रक्तचाप चेकजाच गर्नुका साथै आश्रममा वृक्षारोपण पनि गरिएको थियो ।


















