निजगढ,नेवा राष्ट्रिय संगठनको शुक्रवार बर्दिवासमा तेस्रो मधेस प्रदेश अधिवेशन सम्पन्न भएको छ ।मधेश प्रदेश अध्यक्ष तिलक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सनिसकुमार सिंह रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा देय् दबु (राष्ट्रिय संगठन) केन्द्रीय अध्यक्ष पवित्रा बजचार्य र प्रमुख मन्त्री शममुलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट हजारौ नेवा समुदाय आफ्नो भेषभुषा र पहिरनमा उपस्थित भएका थिए । सो अवसरमा धिमे बाजा र लाखे नाचसमेत प्रस्तुत गरिएको थियो ।यसैगरी अधिवेशनको बन्द सत्रले तिलक श्रेष्ठ (महोत्तरी) को अध्यक्षतामा २५ सदस्यी कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसअनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र गोविन्द वैद्य (पर्सा), उपाध्यक्ष मनमोहन सुन्दर श्रेष्ठ (रौतहट), उपाध्यक्ष (महिना) भेनुका श्रेष्ठ (सर्लाही), मुख्य सचिवमा गोविन्द बहादुर शाही (धनुषा), सचिवमा दिपककुमार श्रेष्ठ (बारा), सचिव अम्बिका श्रेष्ठ (सप्तरी), कोपाध्यक्ष रमेश श्रेष्ठ (सिरहा) चुनिनुभएको छ ।

त्यसैगरी समितिको सदस्यमा रांघा श्रेष्ठ (सिरहा), जानुका माया श्रेष्ठ (धनुषा), रेखा श्रेष्ठ (महोत्तरी),श्रृष्टी श्रेष्ठ (रौतहट), सदस्य (महिला) निर्मला दली (रौतहट), भवानी श्रेष्ठ (बारा), रोशनी श्रेष्ठ (पर्सा), उमेश मास्के (सप्तरी), दिपक श्रेष्ठ (सप्तरी), हरीबहादुर श्रेष्ठ (सिरहा), सरोज श्रेष्ठ (धनुषा), कृष्णहरी श्रेष्ठ (महोत्तरी), राजकुमार श्रेष्ठ (महोत्तरी), रामदास ध्वजु (बारा), अनिल श्रेष्ठ (पर्सा ), चन्द्रदेव श्रेष्ठ (सर्लाही)
र कलबहादुर प्रधान (सर्लाही) रहेका छन ।

Leave a Reply