रौतहट,रौतहटको गौरमा निर्माण व्यवसायी संघ रौतहटको आठौं साधारण सभा सम्पन्न भएको छ ।सभाको उद्धाटन गर्नुहुदै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहले देशभरका निर्माण व्यवसायीको हकहितमा आवाज उठाउदै आएको बताउनुभयो । महासंघले निर्माण व्यवसायीको कमी कमजोरी सच्याउने र सरकारलाई खबरदारी गर्दै आएको बताउनुभयो ।
रड र सिमेन्टमा कार्टेलिङ्ग गरी मुल्य बृद्धिमा उद्योगी र राज्यको साठगाठले गर्दा निर्माण व्यवसायीसहित आम उपभोक्ता मर्कामा परेको बताउनुभयो । उहाँले ऐन नीयम कानुन पूर्र्वाधार र विकासमैत्री भएमा मात्रै निर्माण कार्य समयमै सकिने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि रौतहट क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य नागेन्द्र साहले महासंघका पदाधिकारीहरु निर्माण व्यवसायीको पक्षधर हुनुपर्ने बताउनुभयो ।

यस्तै नेपाल निर्माण यवसायी महासंघका महासचिव रोशन दाहालले निर्माण ब्ययवसायीहरुले सार्वजनिक खरिद ऐन र नियमावली अध्ययन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुको एकता नै हित हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष सञ्जय कार्कीले राज्यले उधारोमा निर्माण कार्य गराएको कारण निर्माण व्यवसायीहरु मर्कामा परेको बताउनुभयो ।

]समयमै निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायीहरुले समेत भुक्तानी नपाउँदा उनीहरुमा मर्कामा परेको उहाँले बताउनुभयो । निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादबको सभापतित्वमा भएको कार्यक्रमको संचालन प्रविण टिवडेवालले गर्नुभएको थियो भने स्वागत मन्तव्य निर्माण व्यवसायी संघ रौतहटका कोषाध्यक्ष विक्रान्त नेपालले गर्नुभएको थियो ।कार्यक्रम सम्पन्न गर्नुहुदै निर्माण व्यवसायी संघ रौतहटका अध्यक्ष कृष्णदेब यादबले निर्माण व्यवसायीलाई कर लगायतका विषयमा तालिम दिन संघ तयार रहेको बताउनुभयो ।

Leave a Reply