रौतहट,बेलायती अनुसन्धानकर्ता प्राध्यापकहरु रौतहटको मौलापुर नगरपालिका आएका छन् ।मौलापुर नगरपालिकामा भएको विकासको अध्ययन एवम् अनुसन्धान गर्न बेलायतको अनुसन्धानकर्ताहरुको टोली मौलापुर आएको हो ।सोर्स विश्वविद्यालय बेलायतका प्राध्यापक मुस्तिक्यु खान र डाक्टर प्यालेभी रायसहितको टोली मौलापुरमा आएको हो । अनुसन्धान टोलीले मौलापुर नगरपालिका र आसपासका विभिन्न बस्तिहरुमा विकास पूर्वाधार एवम् सम्पदाहरुको विकासको गति र आधारहरुका बारेमा अवलोकन गरेको छ ।नमुना विकासको गरेको चर्चा चलेपछि मौलापुरमा विदेशीहरु अध्ययनको लागि आउनु नगपालिकाको ठुलो सफलता भएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहको भनाइ छ ।बेलायती अनुसन्धानकर्ता प्राध्यापकहरुलाई पूर्वप्रदेश सभा सदस्य एवंम आम जनता पार्टीका केन्द्रीय सदस्य कुन्दन कुश्वाहले स्थानीय तहमा भएको विकासका बारेमा जानकारी गराउनुभएको थियो ।

Leave a Reply