वीरगन्ज,पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेबर्वास्थित एक सामुदायिक विद्यलयमा आगजनी भएको छ ।

मनोकामना प्राथमिक विद्यालयमा शनिवार राति अज्ञात समुहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताउनुभयो । शनिबार मध्यराति तिर गरिएको आगजनीका कारण विद्यालयमा रहेका कागजपत्र, फर्निचर र अन्य सामानमाहरु जलेर नष्ट भएको छ । घटनामा ६ लाखभन्दा बढिको क्षति भएको प्रधानाध्यापक यादवले जानकारी दिनुभयो ।

प्रधानाध्यापक यादवका अनुसार शनिवार राति अज्ञात समुहले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको ताल्चा फुटाई विद्यालयभित्र प्रवेश गरेर कम्प्युटर, प्रिन्टर, टेबुल कुर्सी, कागजात, लगायतका सामग्री जलाएर नष्ट गरेका छन ।

घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरीयमा जानकारी गराइसकिएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रधानाध्यापक यादवले बताउनुभयो ।

Leave a Reply