नरेश गुप्ता

बरियारपुर,श्रीमतीलाई नेपाली नागरिकताको प्रमाण पत्रबाट बंचित गराएर बाराका एक पुरुष २५ वर्षदेखि फरार बनेका छन ।

कलैया उपमहानगरपालिका वडा नम्बर ९ बरेवा घर भएका महमद उजिर वर्ष ३५ की श्रीमती नेमाबुल नेशालाई नागरिकताको प्रमाण पत्रबाट बन्चित गराएर फरार बनेका हुन । श्रीमान उजिर र ससुरा फुलमहमद चुरिहारले घरमा बस्नसमेत नदिएपछि नेशा डेरा लिएर एक्लै बस्दै आएकी छिन ।

नेशाको १७ वर्षको उमेरमा बिवाहा भएको र केही समयपछि श्रीमानले छोडेर हिडेपछि उनी आफैले ज्यालाबोनी गरेर छोराछोरीको पालनपोषण गर्दै आएकी छिन । पति र ससुराले आफ्नो नागरिकता नबनाइदिएको र सम्पतिमा अंश पनि नदिएपछि आफू अलपत्र अवस्था रहेको नेशाले सुनाइन । नेशालाई निकालेर पती उजिर पनि २५ वर्षदेखि फरार रहेको बताइएको छ ।

श्रीमानले छोडेर गएपछि जिल्ला अदालत बारामा बहुबिवाहको मुद्दा गरेको र अदालतबाट आफ्नो पक्षमा फैसला भएको भएपनि प्रहरीले उजिरलाई पक्राउ गर्न चासो नदेखाएको उनले दुखेसो पोखिन । पति र ससुराले २०७७ असार ३ मा नेशामाथि उल्टै अर्को बिवाह गरेको भनी वीरगन्ज उच्च अदालतमा निषेधज्ञा दिइएको भएपनि जाहेरी प्रतिउत्तरपछि उनी जोगिएकी थिइन ।

पीडित नेशाको नागरिकता प्रमाण पत्रको लागि जिल्लाका महिला अधिकारकर्मीहरुको पहलमा जिल्ला प्रशासन कार्यालय बारामा दवाव बढाएको महिला संजाल बाराको अध्यक्ष बबिता जैसवालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि पीडितको हकमा नागरिकता बनाउन आफूलेसमेत पहल गर्ने बताउनुभयो ।

Leave a Reply