कलैया,जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुई अलग स्थानबाट भन्सार छलेर भित्र्याइको करिब एक करोड रुपैयाँ बराबरको समानसहित मंगलवार एउटा ट्रक नियन्त्रणमा लिएको छ । बारा प्रहरीले बिल विजक जारी नभएको ९८ लाख ९३ हजार ५ सय ३१ रुपैयाँ बराबरको समान सहित ट्रक नियन्त्रणमा लिएको हो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा वीरगन्जबाट बाँकेतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २४३८ नम्बरको ट्रकलाई प्रहरीले रोकी चेक जाँच गर्दा बिल बिजक जारी नभएको ९८ लाख ५८ हजार ५३१ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको हो ।
यस्तै सोमवार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर १ मा भारतबाट नेपालतर्फ भन्सार छली गरी मोटरसाइलमा ल्याउदै गरेको करिब ३५ लाख रुपैयाँ बराबरको कपडा (कुर्तासुरुवाल, सुति साडि, मखमलको ब्राउज, साडी) नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी टोलीलाई देखेर मोटरसाइकल चालक भने कपडा फालेर भागेका थिए। ट्रकसहित मोटरसाइकल र कपडा नियन्त्रमा लिएर आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारा पठाइएको प्रहरी नायक उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।