वीरगञ्ज,वीरगन्जमा सडकको नाला सफा गर्ने क्रममा विभिन्न हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली फेला परेको छ ।आइतबार बिहान साढे ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका–१० मा डोजर प्रयोग गरेर नाला सफा गर्ने क्रममा फोहोरमा प्लाष्टिकको झोला फेला परेको थियो ।जनप्रतिनिधिको रोहबरमा झोला खोल्दा विभिन्न प्रकारका हतियारमा प्रयोग हुने १०२ राउन्ड गोली भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।उक्त गोलीबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

















