कलैया,लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाराले मधेसका समस्यासंग सम्बन्धित विभिन्न १३ सुत्रीय माग राखेर बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

लोसपा बाराका अध्यक्ष नवलकिशोर सिंह नेतृत्वको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारी कटुवाललाइ भेटेर ज्ञापनपत्र बुझाएको हो । लोसपाले नागरिकता सम्बन्धि विधेयक पारित गर्नुपर्ने, मधेस आन्दोलनका बेला लगाइएका झुठा मुद्धा फिर्ता, हत्या अभियोगमा जेलमा रहेका रेमश चौधरी सहितका राजबन्दी रिहा र मधेसी, दलित तथा अल्पसंख्यक लगायतको अधिकार संरक्षणको लाागि संविधान संशोधन गर्न र जनसंख्या अनुसार तीनै तहको सरकारमा बजेट विनियोजन गर्नुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिनुभयो ।

यस्तै लोसपाले देशमा बढदो महंगी नियन्त्रण गर्न, कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधा उपलब्ध गराउन पनि सरकारसंग माग गरेको सर्राफले बताउनुभयो । पार्टीको केन्द्रिय सर्कुलर अनुसार सोमवार बारा जिल्लाका प्रजिअ कटुवालमार्फत प्रधानमन्त्री देउवालाइ ज्ञापनपत्र बुझाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here