कलैया –  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो बारा जिल्लाका ६ वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बारामा कार्यरत अधिकृतहरूलाई अन्य निकायमा पठाइएको छ भने अन्य पालिका तथा मन्त्रालयबाट नयाँ प्रशासकीय अधिकृतहरूलाई बाराका स्थानीय तहमा जिम्मेवारी दिइएको छ ।

विश्रामपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीलाई पर्साको जगरनाथपुर गाउँपालिका पठाइएको छ भने जगरनाथपुरका सन्देश कुमार यादवलाई विश्रामपुर गाउँपालिकामा ल्याइएको छ । करैयामाई गाउँपालिकाका नागेन्द्र यादवलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौँ सरुवा गरी उनको ठाउँमा महोत्तरीको भँगाहा नगरपालिकाका रमेश अधिकारीलाई खटाइएको छ ।

त्यसैगरी, प्रसौनी गाउँपालिकाका नविनकुमार श्रीवास्तव गृह मन्त्रालयमा तानिएका छन् भने रौतहटको देवाही गोनाही नगरपालिकाका पवन कुमार केशरीलाई प्रसौनी गाउँपालिकामा सरुवा गरिएको छ । त्यस्तै, देवताल गाउँपालिकाका कृष्ण नन्दन रायलाई परवानीपुर गाउँपालिकामा सरुवा गरिएको छ भने बौद्धीमाई नगरपालिकाका उदय शंकर चौधरीलाई देवताल गाउँपालिका पठाइएको छ । परवानीपुर गाउँपालिकामा कार्यरत मुन्ना साह रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ भने फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझालाई सिराहाको नवराजपुर गाउँपालिकामा खटाइएको छ ।

Leave a Reply