निजगढ,निजगढ नगरपालिका कार्यालयले सशस्त्र प्रहरी बेस नेपाल विपद व्यवस्थापन बेस निजगढबाट सरुवा हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दकिशोरप्रसाद महतोको एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।
नगरपालिका कार्यालयमा बिहीवार भएको कार्यक्रममा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापामगर र वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाले नायब उपरीक्षक महतोलाई मायाको चिनो दिएर गरेर बिदाई गर्नुभएको हो ।

गत भदौं २१ गते सरुवा भएर निजगढ बेस क्याम्पमा आउनुभएका नायब उपरीक्षक महतोको हाल सुनसरी जिल्लामा सरुवा भएको हो । सो कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले नगरपालिकासंगको समन्वय र सहकार्यमा नगरपालिका क्षेत्रभित्र शान्ति, सुव्यवस्था, विपद व्यवस्थापन, सडक सुरक्षा लगायतका कार्यमा नायब उपरीक्षक महतोले महत्वपूर्ण भूमिका निर्वाहा गरेको बताउनुभएको थियो ।

त्यसैगरी विपद व्यवस्थापन बेश निजगढको जिम्मेवारी सम्हाल्नुभएका सशस्त्र प्रहरी नायव उपरीक्षक विजय हमालको पनि सोही कार्यक्रममा स्वागत गरिएको छ । नायब उपरीक्षक हमाललाई नगर प्रमुख पुरीसहित जनप्रतिनिधिहरुले अवीरको टिका र फूलको गुच्छा दिएर स्वागत गरेका थिए ।

Leave a Reply