हेटौंडा, अन्तराष्ट्रिय गैर सरकारी संस्था स्थापना दिवसको अवसरमा बिहीबार हेटोंडामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएकामे छ । गैर सरकारी संस्था महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सोही महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा रहनुभएको थियो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियानका बागमती प्रदेशका अध्यक्ष प्रकाश खतिवडा , मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै सामाजिक क्षेत्रमा गैर सरकारी संस्थाले खेलेको भूमिकाको चर्चा गरेका थिए । अध्यक्ष सापकोटाले मकवानपुरमा पनि आफूहरु गैर सरकारी संस्था मार्फत सामाजिक क्षेत्रमा सकृय रहेको र अझै सकृय हुदै जाने बताउनुभयो ।उहाँले काठमाडौंमा यही फागुन २६र २७ गते हुने राष्ट्रिय अधिवेशनका लागि २० जना प्रतिनिधि छनौट भएको पनि जानकारी दिनुभयो । संस्थाका सदस्य अन्नत बानियाँको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।


















