ब्यवस्थापिका संसदमा सँधै चीनमा रहेका नेपालीहरुको बिषयमा आवाज उठ्ने गरेको छ तर सरकारले चासो नदिएको भनिएको छ । चीनमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्कने आशमा बन्दीजस्तै जीवन बिताएको धेरै समय भइसक्यो । सरकारले उनीहरूलाई नेपाल फर्काउने भनी वचन दिँदा उनीहरूको अब नेपाल फर्कन पाइन्छ भनेर गरेको आश पनि अब निराशामा परिणत हुने अवस्था आएको हो कि जस्तो भएको छ । उनीहरू चीनमा घरबाहिर निस्कन पाएका छैनन् ।खानलाई जोहो गरेको सामग्री पनि सकिएर भोकमरीको अवस्था आउन लागेको भुक्तभोगीहरूले बताउन थालेका छन् ।

 

 

 

 

 

 

कोरोना भाइरसका कारण सयौंको संख्यामा चिनियाँ नागरिक मारिइसकेको खबरले नेपालीहरूलाई चिन्तित त बनाएकै छ, त्यसमा पनि नेपालीहरूलाई नेपाल ल्याउन ढिलाइ भएका कारण दुखद् खबर सुन्नुपरेको खण्डमा झन् कस्तो अवस्था आउला भन्ने बारेमा अन्दाज नै गर्न सकिँदैन ।चीनमा कोरोना भाइरस देखापर्नासाथ सरकारले नेपालीलाई केही दिनभित्रमा नै स्वदेश फर्काउने गरी तामझाम गरेको अवस्था थियो । दिन बित्दै जाँदा त्यस्तो तामझाम केवल सरकारको चाहना मात्र थियो जसलाई पूरा गर्ने उसको सामथ्र्य नै छैन कि भन्ने आभाष हुन थालेको छ ।

 

 

 

 

 

 

अन्य देशका नागरिकहरूलाई सम्बन्धित देशका सरकारले घर फर्काइसकेको अवस्थामा नेपाल सरकारले यसमा हेलचेक्रयाइँ गर्नु निश्चिय पनि दुखद् कुरा हो । कोरोना भाइरस देखा परेपछि नेपालीहरू स्वदेश फर्कन चाहेको पनि एक महिनाको अवधि पुग्न लागिसकेको छ । यस बीचमा खालि कुरा मात्र गर्ने, कामचाहिँ नगर्ने सरकारी प्रवृत्ति निश्चय पनि सह्य हुन सक्दैन । चीनमा कोरोना भाइरसको आतङ्क अझै पनि कायम नै छ ।

Leave a Reply