निजगढ,निजगढ़ नगरपालिका वडा नम्बर ५ स्थित श्री जनजागृती युवा क्लबको अध्यक्षमा विजय तिमल्सिना सर्वसम्मत चयन हुनुभएको छ । शनिवार भएको साधारण सभाले तिमल्सिनाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन गरेको हो ।नवगठित समितिको उपाध्यक्षमा संतोष आर्यल, सचिव लिलाहरी चौलागाईं, कोषाध्यक्षमा चन्द्रकुमारी पराजुली र उपसचिवमा रोहन तिमल्सिना चयन हुनुभएको छ ।त्यसैगरी कार्यसमितिको सदस्यहरुमा कल्पना सुवार, दुर्गा चौलागाईं, ईश्वर सापकोटा, तुलसीराज कडेल, विवस बन्जरा, ध्रुव वि.क., साजन गौतम, पुजन जिम्बा चयन हुनुभएको छ ।
क्लबका पूर्वअध्यक्ष साजन ढुंगानाको अध्यक्षतामा भएको सो साधारण सभा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहदुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष मगरले व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई क्लबका निवर्तमान अध्यक्ष साजन ढुंगानाले टीका र माला लगाएर बधाई दिनुभएको थियो । कार्यक्रममा कार्यसमितिका पूर्वपदाधिकारीहरु थानेश्वर सापकोटा, श्री जनजागृती सुन्दर सामुदायिक वन समुहका अध्यक्ष जयप्रसाद ढुंगाना (राजन) क्लबका पुर्वसदस्य पुरुषोत्तम भट्टरार्ई, यज्ञप्रसाद गौतम, रविन थापा मगर लगायत समाजसेवी, स्थानीय राजनीतिक दल तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्तिथि रहेको थियो ।
क्लबका नवनिर्वाचित तिमल्सिनाले सबै युवाहरुले आफूलाई विश्वस गरेर सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा क्लबलाई सामाजिक तथा अत्य गतिविधिमा सक्रियताका साथ अघि बढाउने बताउनुभयो ।


















