कलैया,जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाको आधारमा लागूऔषध गाँजाको ओसारपसारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।पक्राउ परेकाहरूबाट २५.९ किलोग्राम गाँजा बरामद गरिएको बारा प्रहरीले प्रहरीले जनाएको छ । दुई छुट्टाछुट्टै घटनामा पक्राउ परेका उनीहरूमाथि लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।

पहिलो घटनामा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका– १ पथलैया चोकमा नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रुबाहक बस रोकेर चेकजाँच गर्ने क्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) निरीक्षक रोशन अधिकारीको कमान्डमा खटिएको टोलीले बसको सिटमुनि लुकाइएको अवस्थामा २१ किलो गाँजा फेला पारेको थियो । गाँजासहित तीन जनालाई नियन्त्रणमा लिइएको बारा प्रहरीले एक प्रेस नोट मार्फत जानकारी गराएको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका– १ निवासी ४० वर्षीय अर्जुन रूम्बा, सोही ठाउँका ३४ वर्षीय राजु लामा र ३१ वर्षीय प्रदीप मोक्तान रहेका छन् । अर्जुनसँग दुई पोका र अन्य दुई जनासँग एक–एक पोका गाँजा बरामद भएको बारा प्रहरीको प्रेस नोटमा उल्लेख गरिएको छ ।

Leave a Reply