वीरगञ्ज,वीरगञ्जमा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका एक कर्मचारीको सोमवार बेलुकी करेण्ट लागेर मृत्यु भएको हो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मूर्लीमा विद्युत पोलमा मर्मत गर्ने क्रममा करेण्ट लागेर विद्युत प्राधिकरणमा कार्यरत रामबाबु चौधरी मलाहाको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मराज थिङले जानकारी दिनुभयो ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ निवासी मलाह करेण्ट लागेर घाईते भएपछि उपचारका लागि गण्डकस्थित बयोधा मेडिसिट अस्पतालमा पु¥याईएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।मलाहको मृत्यु पश्चात उनका परिवार आफन्त र नेपाल विद्युत प्राधिकरणबीच क्षतिपूर्तिको विषयमा आपसी सहमतिपछि शव जिम्मा लगाउने कार्य भएको प्रहरी निरीक्षक थिङले बताउनुभयो ।मुचुल्का तयार भएपछि पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याईने र पोष्टमार्टम पछि परिवारलाई शव जिम्मा लगाईने प्रहरीले जनाएको छ ।


















